Logo
६ भाद्र २०८३, शनिबार
|  Sun Aug 23 2026

अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु


काठमाडौं महानगरपालीकाले नक्सापास विपरीत अन्डरग्राउण्ड पार्किङमा सञ्चालित पसलहरु हटाउन सुरु गरेको छ ।

नक्सापासमा अन्डरग्राउण्ड पार्किङ बनाउने भनिएपनि त्यसको बिपरित पसल सञ्चालन गरिएपछि महानगरले पसलहरु हटाउन सुरु गरेको हो । पहिलो चरणमा काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह काठमाडौंको नयाँ बानेश्वर पुगेर पसल हटाउन सुरु गरेका थिए । भवन निर्माण गर्दा जमिन तल्ला, वेसमेन्टमा गाडी पार्किङ, गोदाम जस्ता प्रयोजन गर्ने गरी नक्सा स्वीकृत गरिएपनि त्यस बिपरितको कार्य भएको महानगरले जनाएको छ । प्रयोजन विपरीतका पसल हटाउन ३५ दिने सूचना जारी गरेपछि अटेर गरेकाले महानगरले पसल हटाउन सुरु गरिएको महानगरपालिका नगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।

उहाले अन्य स्थानमा पनि प्रयोजन बिपरित राखिएका पसलहरु हटाउने बताए । संरचना भत्काउन महानगरको टोली पुग्दा व्यापारिहरुले चाडपर्वपछि मात्र हटाउन आग्रह गरेको थियो । तर महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरेकाले म्याद थप गर्न नसकिने स्पष्ट पारेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार