Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

दशैंका लागि काठमाडौं छाड्नेको लर्को, एकाबिहानै थियो यति ठूलो जाम


दसैं सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुको चाप बढेको छ । दशैंको टीकाको दिन नजिकिंदै जादा काठमाडौं छाड्नेहरुको संख्या ह्वात्तै बढेको हो । काठमाडौंबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ ।
काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड लागेको छ । शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरुको भीड बढेको हो ।
कोरोना महामारीको जोखिमकै बीच पनि मानिसहरु काठमाडौं उपत्यका लगायतका सहरबाट घर फर्किरहेका छन् । स्वदेश तथा विदेशमा रहेकाहरु घर फिर्तीले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालो बनाउने गर्दछ ।


प्रतिक्रिया दिनुहोस !
विचार