Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

छानबिन कार्यदलको प्रतिवेदन बुझे प्रचण्डले, अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा अन्तर्घात गर्नेलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका अन्तर्घातबारे केन्द्रीय समितिले गठन गरेको छानबिन कार्यदलले तयार पारेको प्रतिवेदन सोमबार बुझ्दै अध्यक्ष प्रचण्डले पार्टी अनुशासनविपरीत कार्य गर्नेलाई सुझावका आधारमा कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् । पार्टी मुख्यालय  पेरिसडाँडामा प्रतिवेदन बुझेका प्रण्डले कार्यदलले निष्पक्ष, पूर्वाग्रहविना सुझाव दिएको आफूले विश्वास गरेको भन्दै प्रतिवेदन कार्यान्वयनमा लैजाने बताए । स्थानीय तह निर्वाचनमा विभिन्न ठाउँमा अन्तर्घात भएको निष्कर्ष निकाल्दै कार्यदलले निष्कासन, निलम्बन र चेतावनीको कारबाही गर्न दिएको सुझावलाई आफूले मनन गरेको प्रचण्डको भनाइ छ ।

टंक राईको नेतृत्वका गठित छानविन कार्यलले देशभरका आरोपित नेता कार्यकर्तासँग बयान लिएर तयार पारेको प्रतिवेदन बुझ्दै प्रचण्डले अन्तर्घात गर्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी निर्माण नहुने बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार