Logo
२०८१, २३ भाद्र आईतवार
|  Sun Sep 8 2024

प्रदीप गिरिको निधनप्रति संसदले शोक प्रस्ताव पारित गर्‍यो


प्रतिनिधिसभाले सांसद प्रदीप गिरिको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रतिनिधिसभा बैठकले सांसद गिरिको निधनप्रति शोक प्रस्ताव सर्वसम्मतीले पारित गरेको हो ।

२०५१ को संसदीय चुनावमा सिरहा–५ बाट निर्वाचित भएका गिरि २०६२÷०६३ को जनआन्दोलनपछिको पुनर्स्थापित प्रतिनिधिसभा सदस्य, २०६४ र २०७४ को संविधानसभा सदस्य र २०७४ मा सिरहा–१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । घाँटीको क्यान्सर र निमोनियाबाट पीडित ७४ वर्षीय गिरिको गत शनिबार राति ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  सभामुख अग्निप्रसाद सापकोटाले राखेको गिरिको निधनप्रति शोक प्रस्तावलाई बैठकले सर्वसम्मतीले पारित गरेको हो ।

प्रतिनिधिसभाको अर्काे बैठक ७ भदौ मंगलबार १० बजे बस्ने सभामुख सापकोटाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
विचार