मन्त्री पदका लागि सपथ लिन जाँदाजाँदै अघिल्लोपटक बाटैबाट फर्काइएका डोबाटे विश्वकर्मा यसपटक भने गण्डकी प्रदेशको मन्त्री बनेका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वकर्मालाई विना विभागीय मन्त्री नियुक्त गरेका हुन् । गएको साउन ८ गते मन्त्री बन्न ठीक्क परेर सपथका लागि प्रदेश प्रमुखको कार्यालयतर्फ अघि बढेका विश्वकर्मालाई त्यतिबेला बीच बाटोबाटै फर्काइएको थियो । त्यतिबेला उनको नाम काटेर व्यवसायिक पृष्ठभूमीका कांग्रेस नेता विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो ।
विश्वकर्माले आज साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा मन्त्री पदको सपथ लिँदै छन् ।





