Logo
८ बैशाख २०८२, सोमबार
|  Mon Apr 21 2025

आफ्नै चुनाव चिह्न लिएर निर्वाचनमा जान्छौँ : माधव नेपाल


एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले आफ्नै चुनाव चिह्न लिएर आसन्न निर्वाचनमा जाने बताएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले सत्तारुढ गठबन्धनलाई आधार मानेर आ–आफ्नै चुनाव चिह्न लिएर निर्वाचन जाने जानकारी दिएका हुन् । एकीकृत समाजवादी र माओवादी केन्द्रबीच एउटै घोषणपत्र लिएर  चुनावमा जाने तयारीमा छन् । माओवादीसँग मिलेर जाने विषयमा पनि छलफल भइरहेको जानकारी दिएका अध्यक्ष नेपालले चुनावपछि माओवादी केन्द्रसँग पार्टी एकता प्रक्रिया अगाडि बढ्ने बताए ।

यसका लागि संयोजन समिति बनाउने तयारी भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार