Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

कपिलवस्तुमा अज्ञात समूहको गोली प्रहारबाट एक जनाको हत्या


गोली प्रहारबाट कपिलवस्तुको मायादेवी गाउँपालिका-६ मदरहवा गाउँमा एक जनाको ज्यान गएको छ ।

अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय ५५ वर्षीय घुरहु भनिने राम समुझ पासीको ज्यान गएको हो । गोली प्रहारबाट घाइते भएका पासीलाई उपचारका लागि तौलिहवा अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भइसकेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार