काठमाडौमा सञ्चालित डोजर अभियानबारे महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मुख खोलेकी छिन् ।
प्राय: अन्य अभियानमा मेयर बालेन साहसँगै देखिने गरेकी उपमेयर सुनिता डोजर अभियानमा नदेखिएको भन्दै उनलाई शंकाका दृष्टिले हेरिएको थियो । केही मिडियाले मेयर बालेनलाई डोजर अभियानमा सुनिताको असहयोय भनेर समाचार समेत लेखेका थिए । ती समाचारप्रति असन्तुष्टि जनाउदै उनले अनधिकृत संरचना नियम अनुसार हटाउने अभियानमा आफू सँगै रहेको बताएकी छिन् ।
आफू महानगरपालिकाको उपमेयरको हैसियतमा रहेको भन्दै उनले महानगरपालिकाको नेतृत्त्वमा सञ्चालित अभियान आफ्नो पनि अभियान भएको बताइन् । यसबारे सामाजिक सञ्जालमा उनले पोष्ट गरेको सामग्री यस्तो छ :