Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

राष्ट्रिय सभामा राष्ट्रपतिको नागरिकता विधेयक फिर्तासम्बन्धी सन्देश सुनाइयो


sf7df8f}F, !% h]7 M k|ltlglw;ef a}7s k|ltlglw;efdf cfOtaf/ a;]sf] a}7sdf ;xefuLx? . tl:a/M /Tg >]i7÷/f;;

प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको छ ।

आइतबार बसेको राष्ट्रिय सभा बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक फिर्ता गर्ने क्रममा राष्ट्रपतिले पठाएको सन्देश वाचन गरेका हुन् ।

संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित पुनर्विचार गर्न राष्ट्रपति भण्डारीले पुनः संघीय संसदमा फिर्ता पठाएकी छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार