Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

नागरिकता विधेयक विधान समितिमा पठाइयो


 राष्ट्रिय सभा बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समिति पठाइएको छ ।

आइतबार बसेको दोस्रो राष्ट्रिय सभा बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राखेको उक्त विधेयकलाई पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको  सभाअध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले जानकारी दिए ।  यसअघि आइतबार बसेको पहिलो बैठकमा प्रमाणीकरणका लागि आएको नेपाल नागरिकता (पहिलो संशोधन) २०७९ विधेयक फिर्ता गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीको सन्देश राष्ट्रिय सभा बैठकमा सुनाइएको थियो ।   उक्त विधेयकका केही विषयमा सुझाव र सन्देशसहित राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संघीय संसदमै फिर्ता पठाएकी हुन् ।

राष्ट्रिय सभाको अर्काे बैठक १६ भदौ बिहीबार दिउँसो २ः५९ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार