Logo
३ बैशाख २०८३, शुक्रबार
|  Fri Apr 17 2026

पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना संक्रमण पुष्टि, १२ को मृत्यु


नेपालमा पछिल्लो २४ घण्टामा ७८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २३३ जनाको पीसीआर परीक्षणमा ६६३ र ४ हजार ९६२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२२ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ८८८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार