Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध छ: सञ्चारमन्त्री कार्की


सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा नेपाल प्रेस युनियनका पदाधिकारीसंगको भेटका क्रममा मन्त्री कार्कीले स्थानीय तहको निर्वाचनसंगै मुलुकको आधारशिला बलियो बनेको भन्दै अव मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचन पनि स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् । उनले निर्वाचनलाइ सफलतापूर्वक सम्पन्न गरेर मुलुकलाई बिकासको बाटोतर्फ अघि बढाउनुपर्ने दायित्व सवैको रहेको धारणा राखे । त्यस्तै मन्त्री कार्कीले अहिलेको गठबन्धन कसैको बिरुद्ध लक्षित नभएर मुलुकको बिकास र समृद्धिको लागि आवश्यकता भएको जिकिर गरे । मुलुकलाई अहिले राजनीतिक स्थीरता र संविधान र लोकतन्त्रको रक्षाका निमित्त गठबन्धन अपरिहार्य भएको उनको भनाई छ ।

त्यस्तै कार्कीले आगामी १० बर्षभित्र मुलुकलाई विश्वकै धनि देशका रुपमा परिचित गर्नका लागि एकताबद्ध भएर मुलुकको पक्षमा काम गर्नुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार