काठमाडौं महानगरपालिकाले काठमाडौंको असनमा सडक अतिक्रमण गरि बनाएका व्यापारिक संरचना हटाउन सुरु गरेको छ ।
यसअघि अनधिकृत संरचना हटाउन २४ घण्टे सूचना जारी गरेको सूचनालाई वेवास्ता गरि सडकमा नै सामाग्री राखेर व्यापार गर्ने क्रम नरोकिएपछि मंगलबार महानगरले संरचना हटाउन सुरु गरेको हो । सो क्रममा महानगर प्रहरीले अवैध संरचना भत्काएको थियो भने व्यापारिहरुले वडासंग सम्झौता गरेर नै व्यापार गरेको भन्दै विरोध जनाएका थिए । असन नजिकका स्थानहरुमा बुधबारसम्म सवै संरचना हटाउन आग्रह गरेको छ । सडकमा पसल राख्दा आवतजावतमा समस्या भएको भन्दै महानगरले सडक व्यापारलाइ हटाउने अभियानलाई तीव्रता दिएको हो ।