Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

पूर्व राजाले भने : राजसंस्था बिनाको प्रजातन्त्र असान्दर्भिक देखियो (भिडियो सहित )


पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा राजसंस्थाको आवश्यकता औंल्याएका छन् । बडादशैंका अवसरमा देश विदेशमा रहेका नेपालीका नाममा एक भिडियो सन्देश जारी गर्दै पूर्व राजा शाहले राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक नहुने बताएका छन् ।
भिडियो सन्देशमा उनले भनेका भन्, ‘ प्रजातन्त्र बिनाको राजसंस्था र राजसंस्था बिनाको प्रजातन्त्र हाम्रो जस्तो मुलुकमा सान्दर्भिक हुन सक्दैन भन्ने कुराको बोध भएको छ ।’
देशमा बढेको भ्रष्टाचार बेथिती र बिसंगतीप्रति चिन्ता व्यक्त गर्दै पूर्व राजा शाहले जारी गरेका सन्देश पूरा हेर्नका लागि भिडियो क्लिक गर्नुहोला ।


प्रतिक्रिया दिनुहोस !
विचार