Logo
२०८१, ३० आश्विन बुधबार
|  Wed Oct 16 2024

रक्त क्यान्सरका विरामीलाई रगत प्रत्यारोपणको तयारी गर्दै नेपाल क्यान्सर अस्पताल


ललितपुर, २२ भदौ । नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर हरिसिद्धिले रगत प्रत्यारोपण गरि रक्त क्यान्सर र रगतसम्वन्धि अन्य क्यान्सर भएका विरामीलाई बचाउन एकवर्षभित्रै रगत प्रत्यारोपणको तयारी गरेको जनाएको छ ।
‘रक्त क्यान्सर ९ल्युकेमिया, लिम्फोमा र मल्टिपल माइलोमा० र बोनम्यारो क्यान्सर भएका विरामीलाई बचाउन उनीहरुको रक्त क्यान्सरको अवस्था हेरेर रगत प्रत्यारोपण गरिने छ’—नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा।सुदिप श्रेष्ठ तथा मेडिकल निर्देशक डा।विजेश राज घिमीरेले बताएका छन् ।
सेप्टेम्बर महिनालाई रक्त क्यान्सरबारे जनचेतना फैलाउने उद्धेश्यले सो अस्पतालले बुधबार आयोजना गरेको जनचेतनामूलक कार्यक्रम तथा रक्त क्यान्सरको उपचार निको भई पुर्नजीवन पाएका र उपचारको क्रममा रहेकाहरुको वैठकमा चिकित्सकद्वयले सो कुरा बताएका हुन् ।
हाल मिनभवनस्थित निजामति कर्मचारी ९सिभिल० अस्पतालमा रक्त क्यान्सरका विरामीहरुका लागि रगत प्रत्यारोपण गर्ने गरिएको छ भने त्यहाँ रक्त क्यान्सरका विरामीले सेवा पाउन लामो समय कुर्नुपर्ने वाध्यता छ । रक्त क्यान्सरका विरामीको सो समस्या हल गर्न नेपाल क्यान्सर अस्पताल रक्त प्रत्यारोपणको तयारीमा जुटेको हो ।
हरेक वर्ष नेपालमा करीव एकहजार जना रक्त क्यान्सर र रगतसम्वन्धि अन्य क्यान्सररोगी थपिने गरेको छ । रक्त क्यान्सर होस् या शरीरको अन्य भागमा क्यान्सर भएतापनि समयमै उपचार गरेमा क्यान्सर निको हुने पनि क्यान्सर विशेषज्ञहरुले बताए ।
क्यान्सर निको भएर समाजमा फर्किएकाहरुको भन्दा क्यान्सर लागेर मर्नेहरुको समाचारले समाजमा क्यान्सर रोगप्रति नकारात्मक सन्देश गएकोप्रति गुनासो गर्दै अस्पतालका कार्यकारी अध्यक्ष डा।श्रेष्ठले समयमै उपचार गरेमा जस्तोसुकै क्यान्सरलाई जित्न सकिने प्रष्ट पारे ।
सो अस्पतालको हेमाटोलोजी विभागका प्रमुख डा।अमित श्रेष्ठले जनचेतनाको कमीका कारण रक्त क्यान्सर भएपछि मरिन्छ भन्ने गलत सन्देश गईरहेको बताउँदै समयमै रक्त क्यान्सर पहिचान र उपचार गर्न सकेमा सबै क्यान्सर निको हुने प्रष्ट पारे ।
रक्त क्यान्सर जसलाई पनि जुनसुकै बेलामा लाग्न सक्ने बताउँदै डा।अमितले विगतको तुलनामा रक्त क्यान्सरको उपचार पद्धति र औषधि उपचार झन सरल र आधुनिक भएको बताए ।
सो अस्पतालकी निर्देशक एवम् नेपाल क्यान्सर सहयोग समूहकी संयोजक स्वरुपा श्रेष्ठले २० वर्षअघि धेरै क्यान्सररोगी उपचारको लागि भारत लगायत तेस्रो मुलुकमा जाँदा उनीहरुले आर्थिक झमेला भोग्नुका साथै अनेक दुःख पाएको देखेर ‘नेपालीको क्यान्सर उपचार नेपालमै’ भनेर नेपाल क्यान्सर अस्पतालको स्थापना गरिएको बताइन् ।
त्यस अवसरमा गायीका संगिता शाक्य थापाले आफुलाई दुईपटक रक्त क्यान्सर भएतापनि समयमै उपचार गराएका कारण निको भई दोस्रो जीवन पाएको बताउँदै आफुले ४० वर्ष अघि गाएको वालगीत गाएर स्रोता दर्शकलाई मन्त्रमुग्ध बनाइन् ।
रक्त क्यान्सर जितेकी अर्की राधादेवी भटट्राई दाहालले पनि आफुलाई लागेको रक्त क्यान्सर रोगको अनुभव सुनाइन् ।
अस्पतालका प्रमुख कार्यकारी निर्देशक डा।बच्चुकैलाश कैनी, नेपाल क्यान्सर सहयोग समूहका अध्यक्ष दिलिप भट्टराईलगायतले रक्त क्यान्सरका विरामीको आर्थिक तथा सामाजिक समस्याबारे बताउँदै रक्त क्यान्सरबारे जनचेतना फैलाउन सबैको सहयोगको अपेक्षा गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार