Logo
४ श्रावण २०८३, सोमबार
|  Mon Jul 20 2026

पूर्वराजालाई चुप लागेर बस्न बाबुरामको सुझाव


पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुपचाप गणतन्त्र स्विकार गरेर बस्न पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल टुइटरमार्फत भट्टराईले पूर्वराजालाई देश र जनताप्रति अलिकति पनि जिम्मेवारीबोध छ भने चुपचाप संघीय गणतन्त्र स्विकार गरेर बस्न सुझाव दिएका हुन् । राजसंस्था बिनाको प्रजातन्त्र टिक्दैन भन्नु जनतालाई तातो बरफ वा सिंगसहितको खरायो खोज्न लगाउँनु जस्तै भएको भन्दै उनले फेरि राजसंस्थाको कुरा गर्दा देश द्धन्दमा धेकेलिने दाबी गरेका छन् ।
पूर्वराजा शाहले हिजो मात्रै बडादशैंका अवसरमा एक भिडियो सन्दे जारी गर्दै नेपालको सन्दर्भमा राजसंस्थाबिनाको प्रजातन्त्र असान्दर्भिक हुने धारणा सार्वजनिक गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार