Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं प्रेस चौतारीका पूर्वअध्यक्ष चापागाईं एमालेमै फर्के


एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष बालकृष्ण चापागाईं एमालेमा फर्केका छन् ।एमालेका अध्यक्ष केपी ओलीले आफ्नो निवास बालकोटमा आइतबार चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।

रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार हुन् । एमालेका पुराना कार्यकर्ता चापागाईं गत वर्ष पार्टी विभाजनपछि एकीकृत समाजवादीमा लागेका थिए । एकीकृत समाजवादीका केन्द्रीय सदस्य चापागाईं उक्त पार्टीको अर्थ तथा योजना विभागको उपप्रमुख र रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए ।

एमालेमै फर्केपछि डा।चापागाईंले नेपालको राजनीति एकातिर वामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुव विभाजित रहेको र वामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी ओलीले मात्र गर्नसक्छन् भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।

मुलुकले अग्रगमन र राजनीतिक स्थायित्व चाहिरहेको र त्यो एमालेले गर्नसक्छ भन्दै चापागाईंले एमालेलाई बलियो राजनीतिक शक्तिका रुपमा विकास गर्न पार्टीलाई एकढिक्का बनाउनुपर्ने बताए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार