Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

हर्क साम्पाङ धरानमा पानी ल्याउन सफल ( भिडियो सहित )


धरानका मेयर हर्क साम्पाङ धरान बजारमा पानी ल्याउन सफल भएका छन् । धरानमा ठूलो समस्याका रुपमा रहेको पानीको समस्या समाधान गरेरै छाड्ने वाचा सहित स्थानीय तहको निर्वाचनमा प्रतिष्पर्धा गरेका साम्पाङ मेयर बनेपछि धरान बजारमा पानी ल्याउन सफल भएका हुन् ।

मेयर निर्वाचित भएर सपथ ग्रहण गरे लगत्तै उनी आफूले गरेको वाचा पूरा गर्न पानीको मुहान निरिक्षणमा निस्किएका थिए । पछिल्लो समय सामाजिक सञ्जालमा काठमाडौंका मेयरको आलोचना गरेर समय बिताएको आरोप उनीमाथि लागेपनि आफ्नो प्रमुख वाचामा भने उनी दिनरात खटिरहे ।

पानी ल्याउन श्रमदानका लागि जनतालाई खुला आह्वान गरेका मेयर साम्पाङले जनताको सहभागितामा खर्दु र निशाने खोलाको पानी ल्याउन सफल भएका छन् ।
उनले धरान ल्याएको पानीको फोहोराको भिडियो सामाजिक सन्जालमा पोष्ट गर्दै खुसी समेत साटेका छन् । ‘खर्दु र निशानेलाई मात्रै जोडेका छौं, सर्दु जोड्न बाँकी छ,’ उनले भिडियो श्यर गर्दै लेखेका छन् , सर्दुसँग त झन् ठूलो आउने छ फोहोरा ।’

उनले श्यर गरेको यो भिडियोमा धरानमा पानी आएको खुसीयालीमा धराने जनता पानीको फोहोरमा भिजेर रमाइलो गरिरहेको देख्न सकिन्छ । भिडियोमा कमेन्ट गर्ने अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले मेयर साम्पाङलाई बधाई दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार