Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

राष्ट्रपतिको कदमविरुद्धको रिटको पेसी आज


राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमविरुद्धको पाँच वटा रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाइ हुँदैछ ।

नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरी भण्डारीले निस्क्रिय पारेपछि त्यसविरुद्ध सर्वाेच्चमा रिट परेको थियो ।

छुट्टाछुट्टै पाँच वटा रिटको पेसी आजका लागि तोकिएको हो ।

संघीय संसदका दुवै सदनबाट दोहोर्‍याएर पारित भएको विधेयकलाई समयसीमा (१५ दिनभित्र) प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था राष्ट्रपतिले उल्लंघन गरेकी थिइन् ।

राष्ट्रपतिविरुद्ध अधिवक्ता सुनिलरञ्जन सिंह, सरिता थापा, सागर बराल, देव शर्मालगायतले रिट दायर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार