Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

रवि लामिछानेको पार्टीले निर्वाचन स्क्याम गरेको आरोप ( विज्ञप्ती सहित )


रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमाथि उम्मेदवारी चयनका नाममा स्क्याम गरेको आरोप लागेको छ ।  काठमाडौं क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अनुप बोहराले निर्वाचन स्क्यामको आरोप लगाएका हुन् ।

उनले शुक्रबार एक विज्ञप्ती जारी गर्दै उम्मेदवार चयनका लागि पार्टीले अपनाएको प्राइमरी निर्वाचनलाई स्क्याम भनेका छन् । बोहराले प्राइमरी निर्वाचनको प्रकृयामाथि गम्भिर प्रश्न उठाउँदै ती प्रश्नको सही जवाफपछि मात्रै प्राइमरी निर्वाचनलाई सही भन्न सकिने जिकिर गरेका छन् ।

बाहिर अन्य राजनीतिक दलहरुभन्दा फरक राजनीति गर्ने दाबी गरेपनि राष्ट्रिय स्वतन्त्र पार्टीले केही सिमित व्यक्तिहरुको स्वार्थमा टिकेट दिन लागेको उनको आरोप छ । उम्मेदवार चयनका लागि पार्टीले अपनाएको प्राइमरी निर्वाचनको प्रकृयाप्रति आपत्ति जनाउँदै बोहराले जारी गरेको विज्ञप्तीको पूर्ण पाठ यस्तो रहेको छ । :

प्रेस विज्ञप्ति

(प्रकाशन तथा प्रसारणका लागि हार्दिक अनुरोध सहित)
मितिः २०७९/०६/०७ गते, शुक्रबार

राष्ट्रिय स्वतन्त्र पार्टीको “प्राइमरी“ प्रारम्भिक निर्वाचन स्क्याम हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीले संघिय संसद निर्वाचनको लागि उम्मेदवार छान्न “प्रारम्भिक निर्वाचन“ प्रक्रिया आबलम्बन गर्ने नीति लिएको थियो । नेपाली राजनीतिमा नयाँ तथा वैकल्पिक धारको आवश्यकता मध्यनजर गर्दै काठमाडौं क्षेत्र न २ बाट हामीले स्वतन्त्र उम्मेदवारी दिने निर्णय गरेको थिएँ । सोहि बिचमा नेपाली राजनीतिमा वैकल्पिक दलको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना भयो । पार्टी स्थापनाको प्रथम दिन देखि नै पार्टीको हरेक नीति नियमलाई हामीले नजिकबाट नियाल्दै आइरहेको छौं, छरिएर रहेका स्वतन्त्रहरुलाइ एक बनाएर आगामी चुनावमा सङ्लग्न हुने विषयमा कुनै विमती नराखी राष्ट्रिय स्वतन्त्र पार्टीको प्रारम्भिक निर्वाचनमा सरिक हुने हामीले निधो गरेका थियौं । तर आजको मितिसम्म आइपुग्दा विभिन्न चरणमा नेतृत्व तहका पदाधिकारी ज्युहरुसङ्ग भइरहेको वार्तालापमा प्रारम्भिक निर्वाचन प्रणाली प्रति निकै शंकास्पद अभिव्यक्तिहरु पाइरहेका छौं, जसले प्रारम्भिक निर्वाचन प्रक्रियालाई नै ठुलो नैतिक तथा कानूनी प्रश्नको घेरा भित्र राखिदिएको भन्ने हामीलाई लागेको छ । बाहिर अन्य दल भन्दा फरक राजनीति गर्छु भने पनि राष्ट्रिय स्वतन्त्र पार्टीले पनि अन्य दलहरु जस्तै पार्टीको केहि सिमित व्यक्तिहरुको स्वार्थ अनुरुप टिकेट दिन लागेको भन्ने देखिनेछ । निम्न उल्लेखित केहि प्रश्नहरुको उत्तर स्पस्ट रुपमा आए मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको “प्राइमरी“ निर्वाचन सहि हुनेछ ।

१) अनलाइन उम्मेदवारीको आबेदन समयावधि मिति ७ असोज सम्म राखिएको छ, यो प्रक्रियामा देशै भरिबाट आएका सबै क्षेत्रका उम्मेदवारहरुको नामावली कहिले सम्म प्रकाशित गरिनेछ कि गरिनेछैन, गरिएमा कहिलेसम्म गरिनेछ?

२) सो मोबाइल अप्प्लिकेसनबाट प्राइमरी निर्वाचनमा सोहि निर्वाचन क्षेत्रका मतदाता कार्ड प्राप्त नागरिकहरुले मात्र भोट गर्न पाउने हो कि मतदाता कार्ड नभएपनि नेपाली नागरिकता मात्रै भएमा पनि भोट गर्न पाउने हो ?

३) सो मोबाइल अप्प्लिकेसनबाट निश्चित क्षेत्रका उम्मेदवारलाई सोहि क्षेत्रका मतदाताले मात्र भोट गर्न पाउने हो वा सम्बन्धित जिल्लाभरिका सबैले वा देशै भरिका सबैले मतदान गर्न पाउने हो ?

४) निर्वाचन अघि त्यो मतदाता नामावली कहिले कतिखेर सार्वजनिक गर्नु पर्छ कि पर्दैन ? गरिनेछ वा छैन, गरिने भए कहिलेसम्म ?

५) भोटिंग कुन मितिदेखि कुन मितिसम्म हुनेछ ?

अरु पनि धेरै प्रश्नहरु छ्न । जुन राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ । पुरानै पार्टी प्रवृत्ति आबलम्बन गरि प्रारम्भिक निर्वाचनका नाममा पार्टी भित्रैबाट कसैलाई काखा कसैलाई पाखा नगर्न समेत जोडदार आह्वान गर्दछौं ।

– अनुप बोहरा

प्रतिनिधि सभा सदस्य उम्मेदवार, काठमाडौँ – २


प्रतिक्रिया दिनुहोस !
विचार