Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

काठमाडौं ४ बाट स्वतन्त्र उठ्ने घोषणा गरेका सन्तोष राप्रपा जाँदै


प्रतिनिधिसभाको आउँदो निर्वाचनमा काठमाडौं क्षेत्र नं ४ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सन्तोष प्रधान चौधरी राप्रपा प्रवेश गर्ने भएका छन् । बुधबार राष्ट्रिय सभागृहमा हुन लागेको एक विशेष कार्यक्रमकाबीच प्रधान चौधरी राप्रपा प्रवेश गर्न लागेका हुन् ।

विवेकशील साझाका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गर्न लागेकै दिन सोही कार्यक्रममा विवेकशील नेपाली दलका संस्थापक मध्येका एक सन्तोष प्रधान चौधरी पनि राप्रपा प्रवेश गर्न लागेका हुन् । विवेकशील नेपाली दलबाट केही वर्षअघि नै बाहिरिएका प्रधान चौधरी पछिल्लो समय वैदिक समाजवादी पार्टी निर्माणको अभियानमा थिए । तर, पार्टीको औपचारिक घोषणा नहुँदै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति घोषणा भएपछि उनी स्वतन्त्र रुपमा चुनाव लड्नेगरी काठमाडौं क्षेत्र नं ४ का लागि तयारी गरिरहेका थिए ।

चुनावी प्रतिबद्धतापत्र समेत सार्वजनिक गरेर चुनावी मैदानमा होमिएका उनले एकाएक किन राप्रपा प्रवेश गर्ने सोच बनाए भन्ने बारे भने खुलेको छैन । उनी निकट स्रोतले दिएको जानकारी अनुसार राप्रपाले क्षेत्र नं ४ बाट उनलाई उम्मेदवार बनाउँने लगभग निश्चित भएको छ ।

संसदबाट पास भएको एमसीसीको खरो बिरोध गर्दै आएका प्रधान चौधरी पूर्विय दर्शनमा गहिरो रुची राख्ने युवा नेताका रुपमा चिनिन्छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार