Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

काकाले रडले हिर्काउँदा ४ वर्षे बालकको मृत्यु


धनुषामा फलामको रड प्रहारबाट ४ वर्षीय बालकको हत्या भएको छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरमा बुधबार दिउँसो ३ बजे २८ वर्षका रवि पासवानले रडले हिर्काउँदा उनकै भतिजा ४ वर्षीय अनुप पासवानको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनका अनुसार रड प्रहारबाट बालक गम्भीर घाइते भएका थिए । स्थानीय स्वास्थ्य संस्थामा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले रविलाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका हिरासतमा राखेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार