Logo
२१ कार्तिक २०८३, शनिबार
|  Sat Nov 7 2026

दशैमा भारी वर्षाको अनुमान , मौसम विभागले निकाल्यो दशैंं विशेष बुलेटिन


यो वर्षको दशैं वर्षामय हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले जारी गरेको दशैं विशेष बुलेटिनमा दशैंका ४ दिन पानी पर्ने सम्भावना रहेको उल्लेख छ ।

मौसम विभागले जारी गरेको बुलेटिनमा असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जनाइएको छ भने १९ गते टीकाको दिन देशका धेरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको उल्लेख छ । यस्तै २० र २१ गते पनि केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । मौसम विज्ञान विभागले जारी गरेको बुलेटिनको मूख्य अंश यस्तो रहेको छ :

मिति २०७९–०६–१८, मंगलबार (नवमी) : देशभर आंशिक देखि सामान्यतया बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशहरूका केही र बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

मिति २०७९–०६–१९, बुधबार (विजया दशमी) : देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुको साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

मिति २०७९–०६–२०, बिहीबार (एकादशी) : देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

मिति २०७९–०६–२१, शुक्रबार (द्वादशी) ः देशभर सामान्य देखि पूर्णतया बदली रही सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशहरूका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार