Logo
२०८१, १९ कार्तिक सोमबार
|  Mon Nov 4 2024

राष्ट्रपति भण्डारी अस्पताल भर्ना


राष्ट्रपति विद्यादेवी भण्डारीलाई रुघा, खोकी र ज्वरो आएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

शुक्रबारदेखि स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । ‘रुघा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना हुनु भएको हो,’ उनले भने ।

अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार