Logo
५ भाद्र २०८३, शुक्रबार
|  Fri Aug 21 2026

भीम रावललाई टिकट नदिएपछि एमालेका नेता शाहले दिए राजीनामा


नेकपा एमालेका नेता प्रकाश शाहले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । उम्मेदवारी चयन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै शाहले राजीनामा दिएका हुन् ।

पार्टीका जिल्ला इन्चार्ज झपट बोहराको प्रमुख आतिथ्यमा अछाम क्षेत्र नम्बर १, क्षेत्रीय समन्वय कमिटीको भदौ १९ गते बसेको बैठकले सो क्षेत्रका लागि सर्वसम्मत रुपमा भीम रावलको नाम एकल सिफारिस गरेको उल्लेख गर्दै शाहले केन्द्रबाट उक्त सिफारिस विपरीत उम्मेदवार चयन गरेको कारण दर्साउँदै निर्वाचन कमिटी संयोजक नरहने गरी राजीनामा दिएका हुन् ।

कमिटीले गरेको सिफारिसभन्दा बाहिर गएर केन्द्रले निर्णय गरेका कारण आफू नैतिक रुपमा सो पदमा बसिरहन उपयुक्त नभएको उनको भनाइ छ ।

शाह अछामको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय निर्वाचन कमिटी संयोजकसमेत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार