Logo
२३ मंसिर २०८२, मंगलवार
|  Tue Dec 9 2025

काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक घाइते


काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएका हुन्।

सोही ठाउँको जंगलको बाटो हिँड्ने क्रममा विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आक्रमण गरेको उनले बताए।

भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार घाइते भएका विमानको बोल्न सक्ने अवस्था छैन।


प्रतिक्रिया दिनुहोस !
विचार