Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक घाइते


काठमाडौंमा जंगली भालुको आक्रमणबाट एक पुरुष घाइते भएका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार शंखरापुर नगरपालिका वडा नम्बर ८ घुमारिचोकका विमान थिङ भालुले टोकेर घाइते भएका हुन्।

सोही ठाउँको जंगलको बाटो हिँड्ने क्रममा विमानलाई शनिबार बिहान अन्दाजी ९ बजेतिर भालुले आक्रमण गरेको उनले बताए।

भालुले टोकेर घाइते भएका ५२ वर्षीय विमानको नेपाल मेडिकल कलेज, जोरपाटीमा उपचार भइरहेको छ।

उनको टाउको र बायाँ हातको पाखुरामा चोट लागेको एसपी मैनालीले बताए। उनका अनुसार घाइते भएका विमानको बोल्न सक्ने अवस्था छैन।


प्रतिक्रिया दिनुहोस !
विचार