Logo
२०८१, १९ कार्तिक सोमबार
|  Mon Nov 4 2024

काठमाडौं ९ का उम्मेदवार रामकुमार रिजालको चुनाव चिन्ह ट्राफिक प्रहरी


काठमाडौं क्षेत्र नं ९ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रामकुमार रिजालले ट्राफिक प्रहरी चुनाव चिन्ह पाएका छन् ।

बुधबार निर्वाचन आयोगले रिजाललाई ट्राफिक प्रहरी चुनाव चिन्ह दिएको हो । काठमाडौैं कलंकीका रिजाल क्षेत्र नं ९ मा सक्रिय समाजसेवीका रुपमा चिनिन्छन् । एमसीसी तथा नागरिकता विधेयकका कट्टर विरोधीका रुपमा चिनिएका रिजालले काठमाडौैं क्षेत्र नं ९ मा यसअघिका निर्वाचित सांसदहरुले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै यस क्षेत्रको आर्थिक समृद्धिका लागि विशेष काम गर्ने बताउँदै आएका छन् ।

ट्राफिक प्रहरी चुनाव चिन्ह पाएपछि रिजालले भ्रष्टाचार र बेथितीमा रमेकाहरुलाई तह लगाउँनका लागि पनि आफूलाई मत दिन सबैसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार