Logo
१७ कार्तिक २०८३, मंगलवार
|  Tue Nov 3 2026

खुकुरी क्रस लिएर किरण केसी चुनावी मैदानमा


काठमाडौं क्षेत्र नं ७ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका किरण केसीले खुकुरी क्रस चुनाव चिन्ह पाएका छन् ।

बुधबार निर्वाचन आयोगले केसीलाई खुकुरी क्रस चुनाव चिन्ह दिएको हो । केसी काठमाडौं क्षेत्र नं ७ का जुझारु युवा नेताका रुपमा चिनिन्छन् । युुवा व्यवसायी समेत रहेका केसी अष्ट्रेलियामा रहेको करोडौंको व्यवसाय तथा लोभलाग्दो जीवनशैली त्यागेर नेपाल फर्किएका युवा हुन् ।

इञ्जिनियर समेत रहेका केसीले काठमाडौैं ७ मा यसअघिका निर्वाचित सांसदहरुले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै यस क्षेत्रको आर्थिक समृद्धिका लागि विशेष काम गर्ने बताउँदै आएका छन् ।
खुकुरी क्रस चुनाव चिन्ह पाएपछि केसीले भ्रष्टाचार र बेथितीमा रमेकाहरुलाई तह लगाउँनका लागि पनि आफूलाई मत दिन सबैसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार