Logo
२०८१, २८ भाद्र शुक्रबार
|  Fri Sep 13 2024

काठमाडौं ६ का निर्देश सिलवालले पाए क्यामेरा चुनाव चिन्ह


काठमाडौं क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका निर्देश सिलवालले क्यामेरा चुनाव चिन्ह पाएका छन् ।

बुधबार निर्वाचन आयोगले सिलवाललाई क्यामेरा चुनाव चिन्ह दिएको हो । सिलवाल काठमाडौं क्षेत्र नं ६ का जुझारु युवा नेताका रुपमा चिनिन्छन् । यसअघि विवेकशील साझा दलमा रहेका सिलवालले केही समय अघि मात्रै त्यो दल परित्याग गरेका थिए ।

सिलवालले काठमाडौैं ६ मा यसअघिका निर्वाचित सांसदहरुले जनतालाई झुक्याउने काम मात्रै गरेको भन्दै यस क्षेत्रको आर्थिक समृद्धिका लागि विशेष काम गर्ने बताउँदै आएका छन् ।
क्यामेरा चुनाव चिन्ह पाएपछि सिलवालले भ्रष्टाचार र बेथितीमा रमेकाहरुलाई तह लगाउँनका लागि पनि आफूलाई मत दिन सबैसँग आग्रह गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार