Logo
२७ कार्तिक २०८२, बिहीबार
|  Thu Nov 13 2025

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको १० लाख ७० हजारसहित एक जना पक्राउ


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको नगद १० लाख ७० हजार रूपैयाँसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५० वर्षीय मोहद् तसलिम छन् । उनलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

बुद्ध एयरको उडानद्वारा काठमाडौंबाट धनगढीतर्फ जान लागेका उनको झोला विमानस्थलमा जाँच गर्ने क्रममा उक्त रकम भेटिएको थियो । त्यसपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरमा पठाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार