Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

बाबुरामको दोहोरो कुरा, सच्याए बूढीगण्डकीबारे शीर्ष नेतालाई लगाएको आरोप


पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बूढीगण्डकी जल विद्युत आयोजनाका बारेमा यसअघि शीर्ष नेताहरुलाई लगाएको आरोप सच्याउँदै अब कुनै पनि विवाद नरहेको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै भट्टराईले भने, ‘हिजो त्यतिबेला मैले अलिकति आलोचना गरेकै हो, किनभने नेपाली आफैंले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा मैले केही सूचनाहरु पाएको थिएँ, तर ती सूचनाहरु अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो, अब त्यो सच्चियो ।’

नेपाल आफैँले आयोजना बनाउने भएपछि अव बूढीगण्डकीबारे आफूहरुकाबीच कुनै विवाद नभएको उनले जिकिर गरे ।

डेढ वर्ष अघि गृह जिल्ला गोरखा आएको बेला भट्टराईले आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा शेरबहादुर देउवा, केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले ९ अर्ब रुपैयाँ घुस खाएको आरोप लगाएका भट्टराईले अहिले ती सूचनाहरु पुष्टि नभएको बताएका छन् ।

उनले त्यतिबेला आफूले त्यसको प्रमाण नै दिनसक्ने बताएका थिए । तर शनिबार उनले त्यो सूचना अपुष्ट भएकाले त्यसलाई सच्याएको बताएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार