काठमाडौं क्षेत्र नं ४ मा माओवादी कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका छन् । राप्रपाले चुनावी अभियानलाई तीब्र बनाइरहेका बेला माओवादी कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका हुन् ।
राप्रपा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठ सहितका नेताहरुको उपस्थितीमा माओवादी कार्यकर्ताहरु राप्रपा प्रवेश गरेको राप्रपाले जनाएको छ । यसरी राप्रपा प्रवेश गर्नेहरुमा माओवादीका प्रद्युम्न लामिछाने, जनक नगरकोटी, दीपक शर्मा लगायतका रहेका छन् ।
यसैबीच राप्रपाले बुढानिलकण्ठ नगरपालिका वडा नं २, १० र १२ मा पार्टीको सम्पर्क कार्यालय समेत स्थापना गरेको छ । जनतासँग उम्मेदवार तथा पार्टी नेता कार्यकर्ताको सहज भेटघाटका लागि पार्टी कार्यालय स्थापना गरिएको राप्रपाले जनाएको छ ।
काठमाडौं क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभा सदस्यमा डा. ठाकुरमोहन श्रेष्ठ तथा प्रदेशसभा सदस्यमा क बाट रिद्धिप्रताप जबरा र ख बाट पुण्यलाल श्रेष्ठ चुनावी मैदानमा छन् ।