Logo
९ माघ २०८२, शुक्रबार
|  Fri Jan 23 2026

ई.प्र.का सालझण्डीबाट एक महिनामा ५३ जना फरार पक्राउ


ईलाका प्रहरी कार्यालय सालझण्डीबाट असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद भएका व्यक्तिसँगै कर्तव्य ज्यान, जिउ मास्ने बेच्ने कसुर, भ्रष्टाचार, जवर्जस्ती करणी, बन, जालसाजी, ब्राउन सुगर, सवारीज्यान लगायतका मुद्दाका ५३ जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला कार्यान्वयनको लागी रुपन्देही जिल्ला अदालतमा विभिन्न मितिमा पेश गरिएकोमा उनिहरुबाट जम्मा २३ वर्ष ३ महिना कैद र १,६५,०३७ (एक लाख पैँसठ्ठी हजार सैँतिस रुपैया) जरिवाना असुलउपर गरी फैसला कार्यान्वयन गरिएको प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

यस महिनाको साउनयता हालसम्म ईलाका प्रहरी कार्यालय सालझण्डीबाट ६३ जना फरार प्रतिवादी पक्राउ गरिएकोमा उनीहरुबाट जम्मा ३०/०५/१२ दिन (३० बर्ष ५ महिना १२ दिन) कैद र रू.१५,०३,०३७ (पन्ध्र लाख तिन हजार सैँतिस) रुपैया जरिवाना असुलउपर भैसकेको कार्यालय प्रमुख प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार