Logo
४ भाद्र २०८३, बिहीबार
|  Thu Aug 20 2026

बेबिलोन स्कुलका संस्थापक अध्यक्ष बिरवलकाजी राई खोटाङ्गबाट प्रदेशसभा सदस्यमा लड्दै


 बेबिलोन एजुकेशन फाउण्डेशन शान्तिनगरका संस्थापक अध्यक्ष, शिक्षासेवी तथा वरिष्ठ अधिवक्ता बिरवलकाजी राई मंसीर ४ गते हुन लागेको आम निर्वाचनमा खोटाङ्ग जिल्लाको प्रदेश सभा(क)मा प्रदेश सभा सदस्यमा उठेका छन् ।

उनी लोकतान्त्रिक गठवन्धनको साझा उम्मेदवारको रुपमा नेकपा एकृकित समाजवादीको तर्फबाट चुनावमा उठेका उनी अहिले आफ्नो निर्वाचन क्षेत्रका मतदाताको घरदैलोमा पुगेका छन् ।

जिल्लाको पर्यटन तथा पुर्वाधार विकास, जेष्ठ नागरिक, एकल महिला, अशक्त र अपाङ्गहरुलाई सहजरुपमा सामाजिक सुरक्षा भत्ता वितरण, कृषिमा आधुनिकीकरण गर्दै समयमै मल, वीउविजनको व्यवस्थाको साथै उत्पादित कृषि उपजलाई वजारीकरण गर्दै युवाहरुलाई कृषिमा रोजगारी दिलाउने प्रदेश सभा सदस्यका उम्मेदवार वरिष्ठ अधिवक्ता राईको चुनावी एजेण्डा छ ।

२०४१ सालमा विद्यालय जीवनदेखि विद्यार्थी राजनीतिमा होमिएका वरिष्ठ अधिवक्ता राईले कानुनमा स्नातक र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

नेकपा एमालेबाट राजनीति शुरु गरेका उनी हाल नेकपा एकिकृत समाजवादीको केन्द्रीय सदस्य तथा सो पार्टीको खोटाङ्ग जिल्लाको सह—इन्चार्ज हुन् ।

यसैवीच प्रदेश सभा सदस्यका उम्मेदवार राईको विजयको लागि अग्रिम शुभकामना दिँदै बेबिलोन नेशनल स्कुलका प्रिन्सिपल राजु राईले विद्यालयमा आयोजित एक कार्यक्रममा खादा लगाईदिए । त्यस अवसरमा बेविलोन एजुकेशन फाउण्डेशनका वर्तमान अध्यक्ष तेज बहादुर राई, बेबिलोन नेशनकल स्कुलका संस्थापक निर्देशक देवीभक्त राईले पनि अग्रिम शुभकामना दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार