
राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्रले अबको विकल्प भनेको हलो रहेको बताएका छन् ।
अनामनगरमा काठमाडौ क्षेत्र नं. १ को चार वटै वडाले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै मिश्रले हलो अबको विकल्प रहेको बताएका हुन् । अब देशमा तिनवटा मात्रै पार्टी रहने मिश्रको भनाइ छ । सबैसँग तुलना गर्दा पनि सबैभन्दा उत्कृष्ट उम्मेदवार आफुहरु नै रहेको उनको भनाई छ । उनले अब देशमा राप्रपा, एमाले र कांग्रेस नामका तिनवटा मात्रै पार्टी देशमा रहने जिकिर गरे ।
देउसी भैलो कार्यक्रममा शुभकामना दिदै मिश्रले देशैभरिबाट राप्रपाको लहर आउने बताए ।