राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अब राप्रपाको गतिलाई कसैले रोक्न नसक्ने बताएका छन् ।
अनामनगरमा काठमाडौ क्षेत्र नं. १ को चार वटै वडाले आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै लिङ्देनले अब राप्रपाको तिव्र गतिलाई कसैले पनि रोक्न नसक्ने बताएका हुन् । देशमा तिनवटा मात्र पार्टी रहने र अरु पार्टीहरु विलय भएर जाने उनको भनाई छ ।
देउसी भैलो कार्यक्रममा शुभकामना दिदै लिङ्देनले जनताको चाहना राप्रपाले पूरा गरेको जिकिर गरे ।