Logo
२०८१, ३१ भाद्र सोमबार
|  Mon Sep 16 2024

गठबन्धनलाई कसैले हल्का रुपमा लिनुहुँदैन : प्रचण्ड


नेकपा माओवादीका केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले अध्यक्ष केपी शर्मा ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा रहेको बताएका छन् । आइतबार वीरेन्द्रनगरमा आयोजित पाँचदलीय गठबन्धनको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष प्रचण्डले ओली लोकतान्त्रिक आन्दोलनमाथि आघात पुर्याउन मौकाको खोजीमा भएको तर परिवर्तनकारी शक्तिको प्रयासका कारण असफल भएको बताए ।

उनले भने, ‘कुनै बेला ओली गोरु गाडा चढेर अमेरिका पुगिँदैन भनेर भन्थे । तर पछि तिनै मान्छे हस्ताक्षर गर्न अघि सरे । तर पनि उनको सोचमा परिवर्तन आएको रहेनछ ।’
गठबन्धनलाई कसैले पनि हल्का रुपमा नलिन लिन नहुने बताउँदै उनले गठबन्धनले लोकतन्त्र, संविधानको रक्षा गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार