Logo
२८ असार २०८२, आईतवार
|  Sun Jul 13 2025

रमेश खरेलको घरमा राप्रपाका डा.ठाकुरमोहनको इन्ट्री, के भयो कुराकानी ?


राप्रपा काठमाडौं ४ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार डा.ठाकुरमोहन श्रेष्ठ आफूलाई मत दिन आग्रह गर्दै रमेश खरेलको घरमै पुगेका छन् । आइतबार डा.श्रेष्ठ पूर्व डिआइजी समेत रहेका नेपाल सुशासन पार्टीका अध्यक्ष खरेलको घरमा पुगेका हुन् ।

खरेलको घर काठमाडौं क्षेत्र नं ४ मा पर्छ । यो क्षेत्रबाट राप्रपाका डा.श्रेष्ठ, कांग्रेसका गगन थापा, एमालेका राजन भट्टराई लगायतका उम्मेदवार चुनावी मैदानमा छन् ।

खरेल स्वयं पनि काठमाडौं १ का उम्मेदवार हुन् । तर, उनको अहिले बसोबास रहेको क्षेत्र काठमाडौं ४ मा परेका कारण राप्रपाका डा. श्रेष्ठ उनको घरमै पुगेको बुझिएको छ । त्यसो त खरेल र डा. श्रेष्ठ उम्मेदवार मात्र होइनन्, सुरक्षा निकायको माथिल्लो तहमा रहेर काम गरेका व्यक्तिहरु पनि हुन् । खरेल नेपाल प्रहरीको डिआइजी पदसम्म पुगे भने डा. श्रेष्ठ शसष्त्र प्रहरीको एआइजी सम्म ।

खरेलको घरमा दुर्ई नेताबीच लामो कुराकानी भने नभएको बुझिएको छ । दुईले एक अर्कालाई अंकमाल गर्दै तिहारको शुभकामना दिए भने देशको विकास र समृद्धिका लागि आफूहरुको उम्मेदवारी रहेको बताए । खरेलको आँगनमा पुगेका डा.श्रेष्ठ केही मिनेटमै त्यहाँबाट बाहिरिएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार