सत्ता गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक रामचन्द्र पौडेलले एक अर्काको नभनेर गठबन्धनका उम्मेदवार जिताउन लाग्न आग्रह गरेका छन् ।
सत्ता गठबन्धन बागमती प्रदेश भेलामा पौडेलले पाँच दलका उम्मेदवारलाई गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्न आग्रह गरेका हुन् ।
‘को कांग्रेस, को माओवादी, को समाजवादीको उम्मेदवार, को राष्ट्रिय जनमोर्चाको उम्मेदवार, को लोसपाको उम्मेदवार गठबन्धनको उम्मेदवार भनेर जिताउन लाग्नुस्,’ उनले भने । कांग्रेसका वरिष्ठ नेता पौडेलले माओवादीको चुनाव चिन्ह हँसिया हथौडासँग डराउन नहुने बताए । ‘हँसिया हथौडा देखेर नडराउनहोस् । त्यो हँसिया हथौडामा लोकतन्त्रको गोलो घेरा लागेको छ ।’