Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

हेटौंडामा बसले ठक्कर दिँदा एक पैदलयात्रीकाे मृत्युु


हेटौंडाबाट पुर्वी मकवानपुरको फापरबारीतर्फ गैरहेको यात्रुबाहक बसले पैदलयात्रीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

दिउँसो पौने तीन बजे धरानचतरा सडकखण्ड अन्तर्गत हेटौंडा(१७ कठायत चोकमा ना ४ ख ४०२२ नम्बरको बसले सोहि स्थानका अन्दाजी ४० बर्षीय सोम गोलेलाई ठक्कर दिएको थियो।

गम्भीर घाइते गोलेलाई उपचारका लागि हेटौंडा अस्पतालमा पुर्‍याउनेबित्तिकै डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार