Logo
१० बैशाख २०८२, बुधबार
|  Wed Apr 23 2025

न्यालु लेकमा जमेकाे हिउँ पन्छाउन सुरु, चाडै यातायातकाे साधन चल्ने


हुम्लाकाे पाँच हजार मिटरमा रहेकाे न्यालु लेकमा जमेको हिउँ पन्छाएर यातायातका साधन सञ्चालन गर्ने प्रयास सुरू भएकाे छ । नाम्खा गाउँपालिका–६ को लिमी आउजाउका लागि मेसिन र यात्रुहरू मिलेर सो स्थानकाे हिउँ फाल्न थालिएकाे हाे ।

बस चालक सिंगम भण्डारीले करिब एक महिनादेखि अवरुद्ध सडक खण्ड अब चाडै सञ्चालनमा आउने विश्वास व्यक्त गरेका छन् । यसका लागि सडकमा जमेकाे हिउँ फाल्न सुरु भएको तर हिउँ बाक्लो जमेका कारण पन्छाउन कठिन भइरहेको बताए ।

कति दिनमा हिउँ फालेर सकिन्छ एकिन भने नभएकाे उनले बताए । न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेको छ ।

१० दिनअघि पनि हिउँ पन्छाउने काेसिस भए पनि सकिएकाे थिएन । अहिले पुनः हिउँ फाल्न थालिएकाे छ । एक साताअघि लिमीका वडाध्यक्ष पाल्जोर तामाङसहित चार जनाको टोली पैदलै हिउँ छिचोल्दै लिमी पुगेकाे थियो । त्यसयता अन्य लिमी जान सकेका छैनन् ।

न्यालु र नारा लेकमा हिउँ जमेकै कारण ४ मंसिरको निर्वाचनका लागि राजनीतिक दलहरू र पार्टीका नेता समेत लिमी पुग्न सकेका छैन।


प्रतिक्रिया दिनुहोस !
विचार