Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

१ करोड बढीको माग दावीसहित नायव सुब्बाविरुद्ध आरोपपत्र दायर


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै तत्कालीन नायव सुब्बा शिवराज उपाध्यायविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।

उपाध्ययाय बझाङ जिल्ला, सुर्मा गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय, वझाङमा तत्कालीन अवस्थामा नायव सुब्बा पदमा कार्यरत थिए । उनीविरुद्ध आयोगले एक करोड १० लाख ६७ हजार ७३८ रुपैयाँ विगो माग दावी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

उपाध्ययायले सार्वजनिक पदमा रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी रुपपमा सम्पत्ति आर्जन गरी स्रोत नखुल्ने सम्पत्ति श्रीमती जयादेवीको नाममा घरजग्गा खरिद गरेको अख्तियारको आरोप छ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार