Logo
३ भाद्र २०८३, बुधबार
|  Thu Aug 20 2026

ईश्वर पोखरेलमाथि खनिए प्रदीप पौडेल : कोरोनामा जनतालाई लुट्ने, अहिले ठूलो कुरा गर्ने


नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले काठमाडौं क्षेत्र नं ५ मा एमालेका उम्मेदवार ईश्वर पोखरेललाई मतदाताले भोट हाल्नुपर्ने आधार नरहेको आरोप लगाएका छन् । काठमाडौं क्षेत्र न ५ का उम्मेदवार समेत रहेका नेता पौडेलले शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आफ्ना प्रतिस्पर्धी पोखरेलले पटक पटक अवसर पाए पनि काम गर्न नसकेको बताए ।

‘आदरणीय पिता समानका व्यक्तिलाई म आग्रह गर्न चाहन्छु । तपाईँले अवसर पाउनुभयो, एक पटक होइन पटक पटक । तर तपाईँले केही पनि गर्न सक्नुभएन’ पौडेलले भने । त्यसैगरी शक्तिमा हुँदा पनि केही काम नगरेको मात्र होइन विश्वभर कोरोना महामारीको चपेटा परिरहँदा जनतालाई नै लुटेको आरोप लगाए । त्यसैगरी आफूहरूले जनताको जीवनस्तर उकास्नेदेखि जनताको बीचमा गरेका बाचाहरू पूरा गर्ने समेत बताए ।

‘नगरेको मात्र होइन, तपाइँले जनता महामारीमा हुँदा, जनता महामारीमा पर्दा जनतालाई नै लुट्नुभयो’ उनले भने, ‘त्यसकारण तपाईँको पालो पुग्यो अब हामीलाई मौका दिनुहोस् । हामीलाई अवसर दिनुस् । हामी ती प्रतिबद्धताहरू पुरा गरेर देखाउनेछौँ ।’

त्यस्तै सो क्षेत्रमा उठेका स्वतन्त्र उम्मेदवारहरुलाई आफूले युवाहरुको प्रतिनिधित्व गर्ने भएकाले सहयोग गर्न आग्रह गरे । स्वतन्त्रहरुले वैकल्पिक राजनीतिको मुद्दा उठाउँदै आएको तर आफूहरूले पहिल्यैबाट पार्टीभित्र वैकल्पिक राजनीतिको विषयमा वकालत गरिरहेको बताए ।


प्रतिक्रिया दिनुहोस !
विचार