Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

फेसबुक बुष्टिङमा कुन उम्मेदवारले कति खर्च गरे ? सकियो करिब १ करोड रुपैयाँ


निर्वाचन प्रचार प्रसारका लागि सामाजिक सञ्जालको उपयोग गरिरहेका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका उम्मेदवारहरुले फेसबुक बुष्टिङका लागि मात्रै करिब १ करोड रुपैंयाँ खर्च गरेका छन् ।

मंगलबार बिहान १०ः३० बजेसम्मको तथ्यांक हेर्दा फेसबुक बुष्टिङका लागि उम्मेदवारहरुका तर्फबाट ७३ हजार २९४ डलर खर्च भइसकेको छ । जुन रकम करिब १ करोड नेपाली रुपैंयाँ हो । प्रत्येक मिनेटमा यो खर्चको रकम बढिरहेको छ ।

फेसबुकमा बुष्टिङका लागि सबैभन्दा धेरै रकम खर्च गर्ने उम्मेदवारमा काठमाडौं क्षेत्र नं ५ का स्वतन्त्र उम्मेदवार श्रीराम गुरुङ देखिएका छन् । उनले मंगलबार बिहानसम्म ३ हजार ३९६ डलर खर्च गरेका छन् ।

काठमाडौं ५ का सुशान्त श्रेष्ठ सबैभन्दा धेरै खर्च गर्ने अर्का उम्मेदवार हुन् । मंगलबार बिहान सम्मको रेकर्ड हेर्दा उनले फेसबुक बुष्टिङमा ३ हजार ५८ डलर खर्च गरेको देखिन्छ । नरेश शिवाकोटी र सुयोग श्रेष्ठका नामबाट सुशान्त श्रेष्ठले बुष्टिङ गर्ने गरेका छन् ।

त्यस्तै फेसबुक बुष्टिङमा धेरै खर्च गर्ने अर्का उम्मेदवार हुन् भोजपुरका डा.सुरेश बस्नेत । उनले मंगलबार बिहानसम्म २ हजार ३७६ डलर बुष्टिङमा खर्च गरेका छन् ।

नेकपा एमालेका तर्फबाट काठमाडौं १ मा उम्मेदवारी दिएका किरण पौडेल फेसबुक बुष्टिङमा धेरै खर्च गर्ने मध्येका अर्का एक उम्मेदवार हुन् । उनले मंगलबार बिहानसम्म १ हजार ४०५ डलर खर्च गरिसकेका छन् । यस्तै फेसबुक बुष्टिङमा धेरै खर्च गर्ने अर्का उम्मेदवार हुन् पाल्पाका सोमप्रसाद पाण्डे । पूर्वमन्त्री समेत रहेका पाण्डेले मंगलबार बिहानसम्म १ हजार ३४७ डलर खर्च गरिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार