Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

लोसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज


निर्वाचन आयोगले समाजवादी नेपाल पार्टीका उम्मेदवार सन्तोषकुमार मेहताको उम्मेदवारी खारेज गरेको छ ।

आयोगले बुधबार मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरीको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं। ४ (२) मा जसपाका उम्मेदवार मेहताको उम्मेदवारी खारेज गरेको हो ।

प्रदेशसभा सदस्य निर्वाचन ऐन २०७४ को दफा १३ खण्ड (च) बमोजिम मेहताले बहुविवाहसम्बन्धी कसुरमा सजाय पाएको आयोगले जनाएको छ । आयोगका अनुसार त्यस्तो सजाय भुक्तान गरेको मितिले ३ वर्ष पूरा नभएकाले उनको उम्मेदवारी अयोग्य ठहर भएर खारेज गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार