Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

२७ हजार ६२३ मत ल्याएर जित्ने काठमाडौं २ का लौरो चिन्हका उम्मेदवारको दाबी


लौरो चुनाव चिन्हबाट काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका कोषराज सुवेदीले २७ हजार ६२३ मत ल्याएर चुनाव जित्ने दाबी गरेका छन् । आजको प्रेस डटकमसँगको अन्तर्वार्तामा उनले हचुवाका भरमा नभई एक्सपर्ट आइटी टिमले दिएको तथ्यांकका आधारमा आफूले बोलेको बताएका हुन् ।

काठमाडौं क्षेत्र नं २ मा रहेका ८१ हजार मतदाता राजहाँस भएको र राजहाँसले हिलोेबाट पनि दूध मात्रै छानेजस्तै मंसिर ४ गते ३० जना उम्मेदवारमध्ये आफूलाई जनताले छान्ने उनको भनाई छ ।

उम्मेदवार सुवेदीले आफूले जित्ने आधार समेत प्रस्तुत गरेका छन् । आफू सबैको साझा उम्मेदवार रहेको बताउँदै उनले जितका विषयमा आफूलाई अलिकति पनि दुविधा नरहेको बताए ।

बिमा अभिकर्ता हुँदै नेपालमै पहिलोपटक डेपुटी सिइओको पदसम्म पुगेर राजनीतिमा होमिएका सुवेदी आर्थिक क्षेत्रका विज्ञ मानिन्छन् । ३० जना उम्मेदवार रहेको काठमाडौं क्षेत्र नं २ मा उनी कडा प्रतिष्पर्धीका रुपमा देखिएको विभिन्न सञ्चार माध्यमले विश्लेषण समेत गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार