Logo
२०८०, ८ आश्विन सोमबार
|  Mon Sep 25 2023

मंसिर २२ गते अघि नै सबै नतिजा राष्ट्रपतिलाई बुझाउने निर्वाचन आयोगको तयारी


निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सबै परिणाम मंसिर २२ गते अगावै आउने दाबी गरेको छ ।

आज गरेको पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर २२ गते भित्र सम्पूर्ण नतिजा राष्ट्रपतिलाई बुझाउने तयारी रहेको बताए ।

आयोगका अनुसार प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिक मतसमेत गणना गरि विजयी हुनेहरुको नामावली २२ गतेअघि नै तयार गरिने छ ।

शान्तिपूर्ण र निष्पक्ष रुपमा चुनाव गराउन आफू प्रतिवद्ध रहेको भन्दै आयोगले यसअघि गडबड देखिएका क्षेत्रमा हवाई गस्ती गरिने पनि बताएको छ ।

यस्तै आयोगले मौनअवधि सुरुहुनुअघि नै ठाउँ ठाउँमा अनुगमनका लागि घुम्ती टोली पनि घटाउने बताएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार