
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौं क्षेत्र नं ३ मा मतदान गरेका छन् ।
लामिछाने चितवन क्षेत्र नं २ का उम्मेदवार रहेपनि उनको मतादाता नामावली काठमाडौं क्षेत्र नं ३ मा रहेका कारण उनले यस क्षेत्रबाट मतदान गरेका हुन् ।
लामिछानेले काठमाडौं ३ महांकाल स्थित पानीट्यांकी मतदान केन्द्रबाट बिहान मतदान गरेका हुन् । मतदान गरे लगत्तै उनी चितवन जाने कार्यक्रम रहेको बुझिएको छ ।