Logo
२०८०, १५ आश्विन सोमबार
|  Mon Oct 2 2023

विष्णु पौडेललाई उछिने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले


रुपन्देहीको क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यतर्फ जारी मतगणनामा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् ।

३०० मत गणना हुँदा गणेश पौडेलले १२६ मत प्राप्त गरेर अग्रता लिएका हुन् भने एमालेका उपाध्यक्ष पौडेलले ८३ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशब सूर्यवंशीले ७८ मत प्राप्त गरेका छन् ।

यहाँ एक लाख ३९ हजार ५६० मतदातामा रहेकामा ८१ हजार २०२ मत खसेको छ । यो क्षेत्रमा यसअघिका तीनवटा संसदीय चुनावमा एमालेका पौडेलले लगातार जितेका थिए ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार