
चुनावको मुखैमा स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टीले देशका विभिन्न क्षेत्रहरुमा अग्रता लिइरहेको छ ।
स्थापित भनिएका राजनीतिक दलहरुलाई पछि पार्दै देशका विभिन्न क्षेत्रहरुमा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हात पारेको हो । अहिलेसम्मको मत परिणमलाई हेर्दा स्वतन्त्र पार्टीले काठमाडौं-२ र ६, ललितपुर-३, चितवन-१, कास्की-२ र ३ र रुपन्देही-२ मा अग्रता लिइरहेको छ ।
कसले कति मत ल्याए:-
शिशिर खनाल (काठमाडौं - ६) = १५०१ हरि ढकाल (चितवन - १) =१८४९ शम्भु प्रसाद ढकाल (झापा - ४) = १३४८ गणेश पौडेल (रूपन्देही - २) = १०९१ माधव प्रसाद कंडेल (कास्की - २) = १५५२ योग राज पौडेल (कास्की - ३) = १५९० सोविता गौतम (काठमाडौं - २) = ८०८ तोसीमा कार्की (ललितपुर - ३) = २४१५